आजदेखि एमडीएमएसमा दर्ता नभएका मोबाइल नचल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

आजदेखि एमडीएमएसमा दर्ता नभएका मोबाइल नचल्ने



काठमाडौं । आज जेठ १ गते सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०मा दर्ता नभएका मोबाइल नचल्ने भएका छन् । मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस लागू गरेको हो ।

वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले उक्त व्यवस्था लागू गरेको हो ।

प्राधिकरणका अनुुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

एमडीएमएसमा दर्ता गर्नका लागि राहदानी र नागरिकता र प्रस्थान र आगमन टिकट देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास हुनुपर्ने उल्लेख छ ।

नेपालभित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट प्रणालीमा दर्ता भएरनभएको यकिन गरी मात्र खरिद गर्न नेपाल दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ । साथै, मोबाइल आयातकर्तारबिक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेसँगै एमडीएमएस लागू हुन लागेको हो ।

यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश बमोजिम विदेशवाट फर्किने यात्रुहरुले आफूले प्रयोग गरिरहेको महसुल नतिरी ल्याउन पाउने १ थान मोबाइल फोनको घोषणा भन्सार कार्यालयमा गर्नु नपर्ने व्यवस्था गरेको छ । उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्नेछ ।

तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप १ थान मोबाइल फोनको सम्बन्धमा आफू आएको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पुरा गर्नु पर्नेछ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ’, जारी सूचनामा भनिएको छ, ‘अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन ।’

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार १४:४५