जेठ १ गते देखि पूर्णरुपमा एमडीएमएस लागू हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

जेठ १ गते देखि पूर्णरुपमा एमडीएमएस लागू हुने



काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जेठ १ गते देखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा मोबाइल सेटहरुको प्रयोग र आयातलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि एमडीएमएस पूर्ण रुपमा लागू हुने भएको हो ।

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।

प्रकाशित : ३१ बैशाख २०८०, आईतवार १२:४३