कृषि विज्ञका रुपमा परिचित मदन राई यौन दुर्व्यवहारको आरोपमा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

कृषि विज्ञका रुपमा परिचित मदन राई यौन दुर्व्यवहारको आरोपमा पक्राउ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । कृषि विज्ञका रुपमा परिचित मदन राई पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनमा रहेका बालिकाहरूलाई यौन दुर्व्यवहारको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार ७५ वर्षका राईलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको हो। मदन राई फाउन्डेसनका संस्थापक रहेका छन् ।

राईले बालिका तथा किशाेरीहरूका संवेदनशील अंगमा छुने,गोप्य अंगमा छुन लगाउने,शारीरिक सम्पर्क गर्न आग्रह गर्ने, नग्न भएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूकाे भनाइ थियाे।

राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार १३:४८ 12 May, 2023 1:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।