एमालेद्वारा टोपबहादुर रायमाझी निलम्बित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

एमालेद्वारा टोपबहादुर रायमाझी निलम्बित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेका छन्। राज्यले गर्ने छानबिनमा सहयोग पुर्याउन अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमार्फत उल्लेख छ।

यो प्रकरणमा मुछिएपछि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। हाल उनी फरार छन्। सोही प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार १६:०३ 10 May, 2023 4:03 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।