काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खांड पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगि प्रकरणमा उनको पनि संलग्नता देखिएपछि प्रहरीले आज बिहान उनलाई पक्राउ गरेको हो ।
काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । हाल उनलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
Comment