सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ। शुक्रबार दिउँसो सिम्रिक एयरको ९एन-एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेसँगै प्राधिकरणले एयरको अन्य उडानमा समेत प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणले जारी गरेको सुचना अनुसार सिम्रिक एयरका अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अटिड नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

अब अर्को सूचना जारी नभएसम्म सिम्रिकका सबै उडानमा प्रतिबन्ध कायम रहने प्राधिकरणले स्पष्ट पारेको छ। शुक्रबार माथिल्लो अरुणको सामान पुर्याएर फर्किदा सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा हेलिकप्टरमा सवार स्थानीय भविन गुरुङको मृत्यु भएको थियो। क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए। उनीहरुको उपचार भइरहेको छ।

प्रकाशित : २४ बैशाख २०८०, आईतवार १२:३९