बीमा गर्न चाहने व्यक्तिको आवश्यक्ता र आर्थिक अवस्थाका बारेमा बुझेर बीमा गर्नुः प्रदेश प्रमुख शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

बीमा गर्न चाहने व्यक्तिको आवश्यक्ता र आर्थिक अवस्थाका बारेमा बुझेर बीमा गर्नुः प्रदेश प्रमुख शर्मा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयद्वारा मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका जीवन तथा निर्जीवन बीमा अभिकर्ताहरुसँग वैशाख १९ गते वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा अभिकर्ताहरुले बीमा गर्न चाहने व्यक्तिको आवश्यक्ता र आर्थिक अवस्थाका बारेमा बुझेर बीमा गर्नुपर्ने बताइन् ।

उनले बीमालेखका शर्त तथा सुविधाका बारेमा अनिवार्यरुपमा बीमितलाई जानकारी गराउन, वित्तीय तथा मेडिकल जोखिमाङ्कन राम्रो गर्न र बीमा अभिकर्ताको पेशालाई मर्यादित बनाउँदै अगाडि बढ्न समेत निर्देशन दिइन् ।

कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुले बीमितले बीमा सम्बन्धी गलत कार्य गरेमा हुने दण्ड सजायँका बारेमा बीमालेखमा नै उल्लेख हुनुपर्ने, बीमा अभिकर्ताहरुको दुर्घटना बीमा गर्ने व्यवस्था हुनुपर्ने, बीमा अभिकर्तालाई आभारभूत सुविधा उपलब्ध गराउनुपर्ने, तालिमको व्यवस्था हुनुपर्ने लगायतका धारणा राखेका थिए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले कार्यक्रम संचालन र स्वागत सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख÷प्रतिनिधि र बीमा अभिकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार १४:४९ 3 May, 2023 2:49 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।