२८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ११ गते सोमबार २८ अर्ब ६० करोडको आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिने अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

२८ दिन अवधिको १० अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ८ अर्ब ६० करोडको ट्रेजरी बिल, १८२ दिन अवधिको ६ अर्बको ट्रेजरी बिल, र ३६४ दिन अवधिको ४ अर्बको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

२८ दिन अवधिको १० अर्ब मध्ये ५ अर्ब रकमको ट्रेजरी बिल र ८१ दिन अवधिको ८ अर्ब ६० करोड मध्ये ३ अर्ब ६० करोडको ट्रेजरी बिल यस अघि जारी गरिएका पुरानो ट्रेजरी बिलको नवीकरण हो । यसरि कुल ८ अर्ब ६० करोडको ट्रेजरी बिल यस अघि जारी गरिएका पुरानो ट्रेजरी बिलको नवीकरण हो । बाँकि २० अर्ब भने नयाँ ट्रेजरी बिल हो ।

सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ।

प्रकाशित : १० बैशाख २०८०, आईतवार १४:१९