चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा



काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ । शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो ।

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउँसोदेखि केवलकार पुनः सञ्चालनमा आएको छ । प्राविधिक परीक्षणका क्रममा केवलकार सेवा बन्द हुँदा यात्रुहरुमा पर्न गएको असुविधाप्रति चन्द्रागिरि हिल्सले क्षमा मागेको छ ।

प्रकाशित : १० बैशाख २०८०, आईतवार १३:४१