राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन



काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ब्याजदर परिवर्तन गरेको छ । आज शुक्रबारदेखि लागू हुनेगरि बचत तथा कर्जाको शिर्षकहरुमा नयाँ ब्याजदर कायम गरिएको हो ।

साधारण बचत, बिशेष बचत, सुपर बचत, एनसिबिएल समुन्नत बचत खाता, एनसिबिएल प्रिमियम बचत खाता, अनिवार्य नियमित बचत, क्रमिक बचत र मुद्धती निक्षेपमा ४.२५ देखि ११.७५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

त्यस्तै, कृषि तथा परियोजना कर्जा, मौसमी कर्जा, पर्यटन, घर घडेरी खरिद तथा भवन निर्माण कर्जा र उत्पादन प्रशोधन लगायत शिर्षकका कर्जाहरुमा १०.५० प्रतिशतदेखि १३.२५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार १४:०४