काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थासँग २३.२७ प्रतिशत तरलता रहेको छ। संस्थाले जारी गरेको चैत मसान्त सम्मको अपरष्किृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी एक अर्ब ६४ करोड १३ लाख, जगेडा कोषमा एक अर्ब ११ करोड २१ लाख , कुल बचत १० अर्ब ७२ करोड ४१ लाख, लगानीमा रहेको ऋण ११ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको विभिन्न कोषहरुमा ४४ करोड ३ लाख, कुल सम्पत्ति १५ अर्ब ६१ करोड ६० लाख रुपैयाँ रहेको छ। साथै, कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७९ लाख रुपैंया रहेको छ ।
संस्थासँग तरलता रकम २ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ रहेको छ । सहकारीमा कुल शेयर सदस्यहरुको संख्या १६ हजार २५९ जना रहेका छन् भने कुल ऋणी सहकारी सदस्यको संख्या ८२ हजार ९१ जना रहेका छन् ।
Comment