चन्द्रागिरि सहकारीले शुरु गर्यो स्मार्ट सापटी सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

चन्द्रागिरि सहकारीले शुरु गर्यो स्मार्ट सापटी सेवा



काठमाडौं ।  चन्दागिरि बचत तथा ऋण सहकारी संस्थाले स्मार्ट सापटी सेवा शुरु गरेको छ । सहकारीको २२ औं स्थापना दिवसको अवसर पारेर वैशाख ६ गते सो सेवा शुरु गरेको बताइएको छ ।

यस सेवाबाट संस्थाका सदस्यले अत्यावश्यक परेको समयमा कुनैपनि कागजात विना, कार्यालयमा उपस्थित नभई नै स्वचालित रुपमा मोबाईल बैंकिङ सेवाको माध्यमबाट तुरुन्तै आफ्नो खातामा सापटी रकम रुपमा प्राप्त गर्न सक्नेछन् ।

आफ्नो खातामा ब्यालेन्स सकिएको बेला तत्काल कुनै विलको भुक्तानी गर्ने, टपअप तथा रिजार्ज गर्ने, सानो सानो रकमहरु भुक्तानी गर्ने कार्यको लागि खासगरी विद्यार्थी र युवा सदस्यहरुको लागि यो सेवा उपयोगी हुने सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : ७ बैशाख २०८०, बिहीबार १४:५३