राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस ९एम्स० लगिएको हो ।

यसअघि स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मंगलबार (बैशाख ५ गते) साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

सोमबारमात्रै फलोअपबाट फर्किएका राष्ट्रपति पौडेल मंगलबार अचानक बेहोश भएका थिए । लगत्तै उनलाई शिक्षण अस्पताल लगेर भर्ना गरिए पनि इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए । उनको फोक्सोको तल्लो भागमा पानी जमेको अस्पतालले बताएको छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार ११:२०