बैशाख १ देखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैशाख १ देखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय



काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघ(एनबीए)ले ब्याजदर घटाउने निर्णय गरेको छ । एनबीएको बुधबार बिहान बसेको बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

निर्णय अनुसार नयाँ ब्याजदर १० प्रतिशत भन्दा तल राखेर एकल अंकमा झारिएको छ । अब बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम हुने छ । यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम हुने भएको छ ।


यो निर्णय अनुसार बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम हुनेछ । सर्वत्र माग भइरहेको ऋणको ब्याजदरका बारेमा कर्जाको ब्याजदरका बारेमा भने केही जानकारी सार्वजनिक गरिएको छैन् । कर्जाको आधार दर निकालेपछि मात्र यस बारे जानकारी सार्वजनिक हुने बैंकर्स संघले जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०७९, बुधबार ११:४४