हिमालयन बैङ्कको मोबाइल बैङ्किङ एप निःशुल्क चलाउन पाईने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैङ्कको मोबाइल बैङ्किङ एप निःशुल्क चलाउन पाईने



काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरूले हिमालयन बैङ्कको मोबाइल बैङ्किङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैङ्कको सहकार्यमा हिमालयन बैङ्कका ग्राहकले सो बैङ्कको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरेको हो ।

नेपाल टेलिकमले जारी गरेको विज्ञप्ति अनुसार गत चैत २० गते भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र हिमालयन बैङ्कको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका थिए ।

नेपाल टेलिकमले बैङ्कका मोबाइल एप प्रयोगकर्ताहरूको सहजताका लागि सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको र यसबाट धेरै ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको छ ।

प्रकाशित : २६ चैत्र २०७९, आईतवार १७:२६