सहकारी अभियानको भिजन प्रस्तुत गर्दै महाप्रवन्धक सुब्बाले भनिन्ः ‘हामी वित्तिय कारोबारमै सिमित भयौं’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बिशेष

सहकारी अभियानको भिजन प्रस्तुत गर्दै महाप्रवन्धक सुब्बाले भनिन्ः ‘हामी वित्तिय कारोबारमै सिमित भयौं’



काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले नेपालका सहकारीहरुमा बृहत सुधार गर्नुपर्ने बताएकी छिन् । उनले सहकारी अभियानः भिजन २०३० पनि प्रश्तुत गरेकी छिन् ।

अर्थतन्त्र संकुचनसँगै सहकारीहरु तलरताबाट पनि प्रभावित भएको उल्लेख गर्दै उनले सहकारीहरुमा वित्तिय कारोबारमै सिमिति हुनु दुर्भाग्य भएको धारणा राखिन । काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तेस्रो दिन शनिबार ‘नेपालमा सहकारी अभियानः भिजन २०३०’ विषयगत कार्यपत्र पश्तुत गर्दै महाप्रवन्धक थाम्सुहाङले सहकारी अभियानको वर्तमान अवस्थाको विश्लेषण आवश्यक भएको बताइन ।

उनले सहकारीको सवल पक्ष, अवसर, कमजोरी र चुनौतीहरु प्रश्तुत गर्दै डा. युवराज खतिवडाको नेतृत्वमा बनेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन कागजमै सिमित रहेको, सहकारीमा राजनीतिकीकरण बढेको साथै संरचनागत सुधार नभएकोप्रति दुखेसो व्यक्त गरिन ।

उनले भिजन २०३० को गन्तब्य पहिचान गर्दै भनिन्,‘सहकारीको विशिष्ट पहिचान स्थापित गर्र्नुपर्ने, सदस्यकेन्द्रीत स्वनियम साथै सुशासनको अभ्यासमार्फत बस्तु तथा सेवा प्रवाह हुनुपर्ने, सुदृढ सहकारी संजाल हुनुपर्ने साथै सहकारीमा अनिवार्य विद्युतीय सेवा, एकीकरण संख्यामा संकुचन ल्याउनुपर्छ’, उनले भनिन्,‘भिजन २०३० ले संकटको सामना गर्न, संभावनाको खोजी गर्न, विशिष्ट उपलब्धीहरुको संरक्षण, स्वायत्तता र स्वतन्त्रताको रक्षा गर्न साथै भविश्यको परिदृश्य तयार गर्दै दिगो र मर्यादित अभियान चलाउन सक्छौं ।’

उनले समृद्ध सहकारी र सन्तुष्ट सदस्यको अवधारणा अघि सार्दै सहकारीमा थुप्रै कमजोरीहरु पनि औंल्याएकी छन् । उनले भनिन्,‘अहिले हेर्नुहोस न सहकारी बोर्डको काम कति प्रभावकारी छ भन्ने त उदाहरण छर्लङ्ग छ । तथ्यांक उपलब्ध गराउन सकेकै छैन । महिलाको सहभागीता छैन र समस्या पहिचान हुन सकेको छैन ।’

सहकारीहरुको वर्गीकरण आवश्यक रहेको औंल्याउँदै सोही अनुसार पहिचान र जोखिम निर्धारण गर्न सकिने उनको भनाइ थियो । सहकारी अभियानको विकाशक्रम अर्थतन्त्रको कोशेढुंगा रहेको बताउँदै उनले हालसम्म आएको ऐन, कानून र नीतिहरु लोकतान्त्रिक भए पनि कार्यान्वयनमा राज्यको प्रमुख भूमिका रहनुपर्ने बताइन । सो क्रममा उनले तरलता व्यवस्थापन कोष आवश्यक भएको औंल्याइन ।

सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालको अध्यक्षता संचालन भएको उक्त बहसमा, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, नेफ्स्कुनका पूर्वअध्यक्ष ऋषिराज घिमिरेले सहकारी अभियानका आगामी बाटोका बारेमा धारणा राखेका थिए ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको महासम्मेनको शनिबार समापन हुँदैछ । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले विषयगत कार्यपत्र प्रस्तुत गरेका छन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

प्रकाशित : २५ चैत्र २०७९, शनिबार १५:१६