बैंक, सहकारी संस्था, लघुवित्तबारे गलत सन्देश र भ्रमविरुद्ध एकता आवश्यक छ: चन्द्र ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

बैंक, सहकारी संस्था, लघुवित्तबारे गलत सन्देश र भ्रमविरुद्ध एकता आवश्यक छ: चन्द्र ढकाल



काठमाडौं । उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक, सहकारी संस्था, लघुवित्तलगायतका वित्तिय संस्थाबाट लिएको ऋण तिर्न सकिदैन भनेर भइरहेको आन्दोलन सरासर गलत भएको बताएका छन् ।

काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तेस्रो दिन शनिबार आयोजित छलफलमा बोल्दै ढकालले ग्रामिण क्षेत्रका सर्वसाधारणले सानो सानो रकम जम्मा गरेर वित्तिय संस्थामा गरेको बचतमार्फत लिएको ऋण मिनाह गर्नुपर्ने माग गलत भएको उनको ठहर छ ।

पछिल्लो समय राम्रो सेवा प्रवाह गरिरहेका सहकारी, बैंक तथा लघुवित्तहरुमाथि नकरात्मक सन्देश फैल्याउने र भ्रम सिर्जना गर्ने किसिमका घट्नाहरु सार्वजनिक गर्दा त्यसलाई उचाल्ने प्रबृत्ति विरुद्ध हामी सबै एकजुट हुनुपर्ने बेला आएको उनको भनाइ छ ।

निजी क्षेत्रका साना व्यवसायीले सहकारीको सहयोगमा ठूला उपलब्धीहरु हासिल गरिरहनु भएको छ । यस हिसाबले पनि सहकारीको भूमिका राम्रो छ । वित्तिय पहुँच नपुगेको सबै क्षेत्रमा सहकारी पुगेको छ । रोजगारी सिर्जना गर्नदेखि आर्थिक गतिविधि बढाउन र तरलता व्यवस्थापनमा सहकारीको भूमिकाले हामीलाई उत्साहित गराएको छ,’ ढकालले भने ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको महासम्मेनको शनिबार समापन हुँदैछ । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले विषयगत कार्यपत्र प्रस्तुत गरेका छन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

प्रकाशित : २५ चैत्र २०७९, शनिबार १२:२०