पोखरा रोयल सहकारीमा प्रिमियम सिविएस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

पोखरा रोयल सहकारीमा प्रिमियम सिविएस



पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले वेभ बेस्ड प्रविधियुक्त प्रिमियम कोर बैकिङ सफ्टवेयर प्रयोग गरेको छ । संस्थाले विगत २२ वर्षदेखि प्रयोग गर्दै आईरहेको सफ्टवयरमा भएको सबै डाटाहरु नयाँ सफ्टवेयरमा स्थानान्तरण गरिएकोले सदस्यहरुको विवरण जस्ताको त्यस्तै प्राप्त गर्न सक्ने प्रिमियम कोर बैकिङ सफ्टवेयरले जनाएको छ ।

सदस्यहरुलाई गुणस्तरिय डिजिटल सेवा प्रवाह गर्न सफ्टवेयर परिवर्तन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले जानकारी दिए ।

सहकारी संस्थाको हाल कास्की, स्याङ्गजा, तनहुँ, लमजुङ्ग र पर्वत गरि ५ जिल्ला कार्यक्षेत्र, ४ वटा कार्यालय, ८ हजार ७८६ जना सदस्य, २१ करोड शेयर पुँजि, १६ करोड संस्थागत पुँजि, १ अर्ब ६६ करोड बचत, १ अर्ब ७८ करोड ऋण लगानी र १४ करोड अन्य कोषहरु रहेको छ भने हाल संस्थाको कुल वासलात २ अरव २८ करोड रहेको जनाइएको छ ।

प्रिमियम कोर बैकिङ सफ्टवेयर आईएसओ ९००१ः२०१५ प्रमाणित सहकारी सफ्टवेयर रहेको कम्पनीका सिइओ मोहन बनले जनाए । वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम पछिल्लो समय सहकारीमा लोकप्रिय बन्दै गएको उनको भनाई छ ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस सफ्टवेयर प्रिमियम टेक्नोलोजी प्रालिले निर्माण गरेको हो । हाल देशभरका ३ सयभन्दा बढी सहकारी संघसंस्थाले यो सफ्टवेयर प्रयोग गर्दै आएको जनाइएको छ ।

कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ ।

कम्पनीले सफ्टवेरमा दिएको फिचर, सेक्युरिटी लगायतले प्रिमियम सबैको रोजाईमा पर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बनले बताए । प्रिमियम सफ्टवेयर प्रयोग गर्न चाहने सहकारी संस्थाले पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न सकिने उनले बताएका छन् ।

प्रकाशित : २५ चैत्र २०७९, शनिबार ०७:५४