अफ्ठयारो पर्दा सहयोग नगर्ने सरकारी निकाय खारेज गर्नु पर्छः सहकारीकर्मी विष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अफ्ठयारो पर्दा सहयोग नगर्ने सरकारी निकाय खारेज गर्नु पर्छः सहकारीकर्मी विष्ट



काठमाडाै । सहकारीकर्मी नरेन्द्र विष्टले अफ्ठयारो पर्दा सहयोग नगर्ने, स्वनियमन मात्र भन्ने भए सरकारी निकाय खारेज गर्नुपर्ने बताए ।

विहीबारबाट काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विषयगत छलफलका क्रममा सहभागीको तर्फबाट धारणा राख्दै नियमन गर्न दक्ष जनशक्ति व्यवस्था गर्नुपर्ने उनले बताए ।

विष्टले बचत फिर्ता गर्ने क्रम बढ्ने र कर्जा नउठ्ने समस्या भएकाले सहकारीमा समस्या भएको उल्लेख गरे । बिष्ट सहकारी बचाउ अभियानका संयोजक समेत हुन ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार १३:३५