सहकारी क्षेत्रको सुधारका लागि नीति नियम मात्र राम्रो भएन भनेर बस्ने छुट छैन: पूर्वसचिब मैनाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी क्षेत्रको सुधारका लागि नीति नियम मात्र राम्रो भएन भनेर बस्ने छुट छैन: पूर्वसचिब मैनाली



काठमाडौं । नेपाल सरकारका पूर्वसचिब गोपिनाथ मैनालीले सहकारी क्षेत्रको सुधारका लागि नीति नियम मात्र राम्रो भएन नहुने बताएका छन् । उनले सहकारी सुधारका लागि दिमाग र सोच परिवर्तन गर्नुपर्ने औंल्याए ।

काठमाडौंमा जारी सहकारी महासम्मेलन अन्तर्गत ‘सहकारीको स्वनियम र सुशासनको ढाँचाः दर्शन र कानूनको सन्दर्भमा’ विषयक प्यानल बहसमा बोल्दै उनले भने,‘सहकारी क्षेत्र संचारमाध्यम र नियामक निकायका कारण मात्र विग्रेको भन्नु गलत छ । यसका लागि अभियन्ताहरुले सहकारीको मूल्य मान्यतालाई इमान्दार भएर पालना गरे पुग्छ ।’

उनले सहकारी क्षेत्रमा कार्य व्यवस्थामा समस्या रहेको औंल्याउँदै नीति, नियम वा ऐन तुरुन्त संशोधन गर्न सकिने बताए । पूर्वसचिब मैनालीले यतिबेला सहकारी क्षेत्रमा इतिहासकै ठूलो समस्या आएकाले यसका लागि सबै अभियन्ताहरु एक भएर अघि बढ्न आग्रह गरे ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार १२:२२