जो १ सय ३० श्रीमतीका धनी थिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

बीमा

जो १ सय ३० श्रीमतीका धनी थिए



काठमाडौं, १९  माघ । १ सय ३० श्रीमती बिहे गरेका नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा मृत्यु भएको छ । शनिबार मृत्यु भएका उनको २०० जना बच्चाबच्ची भएको डेलिमेलले जनाएको छ । उनको पहिचान हुन नसकेको रोगका मृत्यु भएको समाचारमा जनाइएको छ ।

निगर राज्यका उनको अन्त्येष्टि समारोहमा ठूलो भीड सहभागि भएको थियो । समाचारमा जनाइए अनुसार अहिले पनि उनका केहि श्रीमती गर्भवती अवस्थामा रहेका छन् । कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए। आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको उनले दाबी गर्दै आएका थिए। अबुबकरले कुरानको आफ्नै ढंगले व्याख्या गर्ने गरेका थिए।

कुरानले आफूले चाहे जति विवाह गर्ने अनुमति दिएको उनको भनाइ थियो। उनी बहुबिवाह काण्डमा पटक पटक जेल परेपनि बिहे गर्ने क्रम भने छाडेनन् ।

प्रकाशित : 1 February, 2017 6:20 am