आइएमई पेबाट श्री, सौर्य, बुद्ध र यती एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

आइएमई पेबाट श्री, सौर्य, बुद्ध र यती एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचरअन्तर्गत अब ग्राहकले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्नेछन्।

पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एयरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उद्देश्यले आइएमई पेसँग जोडिने प्रक्रिया सुरु भएको छ।

यसै क्रममा आइएमई पेमार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकले सजिलै रिफन्डेबल टिकटमा रुपान्तरण गर्न सक्नेछन्।

ग्राहकले आइएमई पेबाट सुपथ मूल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नका साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य रिफन्ड पनि पाउन सक्नेछन्।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार ११:३६ 6 April, 2023 11:36 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।