काठमाण्डौ । सरकारले न्यूनतम साझा कार्यक्रम र प्राथमिकता सार्वजनिक गर्ने तयारी गरेको छ। बिहीबार अपरान्ह ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गर्ने तयारी गरिएको हो।
न्यूनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ।
सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्यूनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो। उक्त कार्यदलमा कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेललगायत सदस्य थिए।
Comment