काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछाने विरुद्ध सर्बोच्च अदालतमा दर्ता भएकोे रिट निवेदनमाथि आज(मंगलबार) प्रारम्भिक सुनवाई हुने भएको छ । नागरिकता दुरुपयोग गरी नेपाली राहदानी लिएको मुद्धा नचल्ने भन्दै महान्यायधिवक्ता कार्यालयले गरेको निर्णय विरुद्ध युवराज सफलले सर्बोच्चमा सोमबार रिट निवदेन दर्ता गएका हुन् ।
सोही निवेदनमा आज प्रारम्भिक सुनुवाई हुनेछ । निवेदनमा रबि विरुद्ध मुद्धा चलाई कारबाही गरिनु पर्ने उल्लेख छ ।
अमेरिकी नागरिक रहेकै बेला नेपाली नागरिकता दुरुपयोग राहदानी लिएको भन्दै लामिछाने विरुद्ध प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानपछि प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको थियो । तर, वकिल कार्यालयले उनी विरुद्ध मुद्धा नचल्ने निर्णय गरेको थियो ।
त्यसलगतै जिल्ला सरकारी वकिल कार्यालयको निर्णय विरुद्ध उच्च सरकारी वलिकको कार्यालय पाटनमा निवेदन परेका थियो । तर, पाटनले पनि लामिछाने विरुद्ध मुद्या नचलाउने निर्णय गरेको थियो ।
लामिछाने आगमी १० बैशाख हुने उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका छन् । उनी अहिले चुनावी प्रचारप्रसार छन् । नागिरकतामा त्रुटि प्रमाणित गर्दै सर्बोच्चले उनको सांसद पद खारेज गरिदिएपछि चितवन–२ मा अहिले उपनिर्वाचन हुँदैछ ।
Comment