शेयर बजारमा पोजेटिभ भाइब्स र पोजेटिभ सेन्टिमेन्ट सिर्जना गर्न लागि पर्छु : अर्थमन्त्री महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा पोजेटिभ भाइब्स र पोजेटिभ सेन्टिमेन्ट सिर्जना गर्न लागि पर्छु : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजारमा पोजेटिभ भाइब्स र पोजेटिभ सेन्टिमेन्ट सिर्जना गर्न लागि पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँगको छलफलमा अर्थमन्त्री महतले यसमा सबै स्टेक होल्डरको सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

उनले आवश्यकता अनुसार सबै सरोकारवालासँग यस विषयमा विस्तृतमा थप छलफल गरिने बताए । उनले शेयरबजारको भूमिका महत्वपूर्ण रहेकोले राष्ट्र बैंक लगायतका संस्थाले ल्याएको नीतिले पारेको प्रभावका बारेमा सम्पूर्ण सरोकारवालासँग छलफल गर्ने पनि बताएका छन् ।

उनले व्यक्तिगत लाभ हानी भन्दा पनि समग्रमा अर्थतन्त्र चलायमान गर्नको लागि के आवश्यक छ, त्यो गर्ने प्रतिवद्दता व्यक्त गरेका छन्। यसै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमको तर्फबाट सभापति अम्बिका पौडेलले पुँजी बजारको वर्तमान अवस्था र सुधारका लागि गर्नु पर्ने कार्यको बारेमा सुझाव पेश गरेका छन् । लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर संलग्न भई सुझाव प्रस्तुत गरिएको पौडेलले बताए ।

प्रकाशित : 3 April, 2023 2:20 pm