उपनिर्वाचनका लागि चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

उपनिर्वाचनका लागि चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ बाट उम्मेदवारी दर्ता गराएका छन्। यस अघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित लामिछानेले नागरिकता प्रकरणका कारण पद गुमाएपछि पुन सोमबार बिहान सर्मथक सहित गएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति समेत रहेका लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्।


उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदानगर्ने छन्। यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले पनि उम्मेदवारी दर्ता गर्दै छन्।

प्रकाशित : २० चैत्र २०७९, सोमबार १२:०२