मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सबैको साथ आवश्यक भएको बताएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सरोकारवाला सवैसँग मिलेर अगाडि बढ्ने प्रतिवद्धता समेत उनले जनाए ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा २०७९ चैत १९ गते आइतबार नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिन पुगेको महासँगको प्रतिनिधीमण्डलसँगको भेटमा उनले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढुनुपर्ने खाँचो औंल्याए ।

त्यसक्रममा मन्त्री महतले आर्थिक विकास र परिवर्तनका लागि राम्रा राम्रा योजना र सुझाव ल्याउन समेत आग्रह गरे । आफूले मुलुकको अर्थतन्त्रलार्य नजिकवाट नियालीरहेको उल्लेख गर्दै सबै मिलेर अगाडि बढ्दा व्रित्तर आर्थिक विकास गर्न कठीन नहुने बताए ।

मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फवाट आर्थिक विकासमा सुनचाँदीदेखी ब्यवसायीको भूमिका लगायतका बिषयमा जानकारी गराइएको थियो । भेटमा अध्यक्ष शाक्यसँगै उपाध्यक्ष द्धय विपिन रामुदामु र शिव कुमार सर्राफ लगायतको उपस्थिति थियो ।

प्रकाशित : १९ चैत्र २०७९, आईतवार १७:२५