काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार २० अंकले घटेर १८८८.५५ बिन्दुमा रोकिएको हो ।
आज कारोबार भएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको उपसूचक १३.२२, विकास बैंक ४१.३१, वित्त कम्पनी २३.८९, होटल १८.९१, जीवन बीमा३६.७४, उत्पादन तथा प्रशोधन समूहको ३५.७२ माइक्रोफाइनान्स ३५.८४, निर्जीबन बीमा ४७.२४, अन्य समूहको १०.९७ र ट्रेडिङ समूहको उपसूचक ५४.९९ अकले घटेको छ ।
नेप्सेका अनुसार आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, स्वभिमान लघुवित्त वित्तिय संस्था र प्रभु बैंक डिबेन्चर २०८४ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । कम्पनीको ५ करोड ५ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।





Comment