काठमाडौं । कामना सेवा विकास बैंकले ४.६४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैंठकले गत वर्षको नाफाबाट ४.४१ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।
Comment