काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको छ ।अघिल्लो दिन मंगलबार छापावाल सुन १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।
बुधबार चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम रहेको थियो ।
Comment