काठमाडौं । एकिकृत समाजवादीले मिटरब्याजी पीडितको मागमा ऐक्यवद्धता जनाउँदै तत्काल समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । बुधबार पार्टी कार्यलय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको बैठकले मिटरब्याजी पीडितको माग संवेदनशिल भएकाले पार्टीको तर्फबाट ऐक्यवद्धता जनाउँदै तत्काल समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने ‘हिजोदेखि काठमाडौंको सडकमा मिटरब्याजका विरुद्धमा आन्दोलनकारीहरु सडकमा छन् । उनीहरुको माग संवेदनशिल छ । देशको सरकाले उनीहरुको माग सम्बोधन गर्नुपर्छ हाम्रो पार्टी उनीहरुको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गर्दछ । त्
यो माग पूरा गर्न सरकारसँग माग गर्दछ र यसका दोषीहरुलाई कानूनी कार्वाही गर्न पनि माग गर्दछ ।’ साथै आजको बैठकले पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटि सदस्य चुडामणि जंगलीले पार्टीमा दिएको राजीनामा स्विकृति गरेको उनकोले जानकारी दिए ।
Comment