काठमाडौं । मन्त्रिपरिषदको बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठकले आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय निकालेको हो ।
बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य मध्येबाट आईजीपीमा बसन्तबहादुर कुँवर नियुक्त भएका हुन् ।
हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन्।
Comment