बार्षिक वित्तीय विवरणको आधारमा सिटिजन्स बैंक साफाबाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बार्षिक वित्तीय विवरणको आधारमा सिटिजन्स बैंक साफाबाट सम्मानित



काठमाडौं १६ माघ। दक्षिण एशियाली राष्ट्रहरुका चार्टर्ड एकाउन्टेन्टहरुका छाता संगठन साफाबाट सिटिजन्स बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्सबाट सम्मानित भएको छ भने निजि क्षेत्रका बैंकहरुमा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ ।

बंगलादेशको ढाकामा गत शुक्रबार भएको साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१५ समारोहमा बैंकले संस्थागत सुशासन र उत्कृष्ट बार्षिक वित्तीय विवरणको लागि सम्मानित भएको हो ।

 

पारदर्शीता, बस्तुपरकता र प्रकाशित बार्षिक वित्तीय विवरणमा सुशासनको मुल्यांकनको आधारमा साफा कमिटिले छानेका वित्तीय संस्थाहरुलाई बार्षिक रुपमा सम्मान गर्दै आएको छ ।

यसै वर्ष बैंकको उक्त वित्तीय विवरणले नेपालको चार्टर्ड एकाउन्टेन्टहरुको संस्था आएक्यानबाट, बैंक सिंगापुरमा आयोजित वल्र्ड एच आर डी कंग्रेसबाट  सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक बिधामा सम्मानित भएको थियो । बैंकले आगामि दिनमा पनि उत्कृष्ट वार्षिक वित्तीय विवरण प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र  प्रभावकारी बनाउने प्रतिबद्घता व्यक्त गरेको छ ।

प्रकाशित : १६ माघ २०७३, आईतवार १०:२८