शिक्षा नीति परिवर्तन गर्न आवश्यक छः अध्यक्ष गजुरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

शिक्षा नीति परिवर्तन गर्न आवश्यक छः अध्यक्ष गजुरेल

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले नेपालको शिक्षा नीति परिवर्तन गर्न आवश्यक भएको बताएका छन्। आज काठमाडौंमा आयोजीत वैज्ञानिक समाजवादको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, अहिलेको शिक्षा नीतिले देशमा ठोस योगदान दिन नसकेको बताए ।

उनले मुलुकको व्यवस्थालाई समाजवादको सहि अर्थ के हो भनेर बुझाउन आवश्यक भएको बताए । ‘समाजवाद भनेर विकृत तृल्याउने खालको दलाल संसदीय राज्य व्यवस्था छ । तर कम्युनीष्टहरुले वैज्ञानीक समाजवाद कस्तो हुन्छ भनेर देखाउन जरुरी छ ।’ उनले भने ।

उनले समाजमा हुने गरेको विकृति विसंगती अन्त्य गर्न आवश्यक छ भन्दै शिक्षा प्रणालीलाई समग्र रुपमा सुधार्नु पर्ने कुरामा जोड दिएका छन् ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार १५:२६ 21 March, 2023 3:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।