काठमाडौं।सरकारले चैत्र ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । चैत्र ७ गते मंगलबार घोडेजात्रा परेकोले सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको हो । यो विदा राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व मनाइँदैछ । जात्राको अवसरमा सार्वजनिक विदा दिइएको छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ ।
Comment