काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले यो सरकार कसको लागि काम गरिरहेको छ भनेर प्रश्न गरेका छन् ।
आईतबार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले जनताको पक्षमा काम नगरेको भन्दै प्रश्न उठाएका हुन् । किसानको ढाड सेक्ने गरी मलमा मुल्य वृद्धि गरेको र मलमा आउदै गरेको अनुदान कटौती गरेकाले सरकार कस्को भन्ने प्रश्न उठेको उनको भनाई छ ।
उनले भने, ‘यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ?नेपालका किसानहरुलाई एक बोरा मल समेत समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्ने गरी मलमा मुल्य वृद्धि गरेको छ । मलमा पाउदै गरेको अनुदान कटौती गरेको छ । कहिले सम्म सरकारबाट नेपालका किसानहरुले यस प्रकारको ज्यादती पूर्ण अन्याय सहनु पर्ने म प्रश्न गर्न चाहन्छु ।’
Comment