प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र ६ गते सोमबार विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वको मत लिने प्रयोजनको लागि सोमबार दिउँसो १ बजे बैठक राखिएको जानकारी दिएका हुन् ।

प्रचण्ड गत पुस १० गते आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि उनले पुस २६ गते विश्वासको मत लिएका थिए । तर त्यसपछि सत्ता समीकरण परिवर्तन भएको सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएकोले उनले पुनस् विश्वासको मत लिन लागेका हुन् । सरकारलाई समर्थन दिएको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

प्रचण्डलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, लगायतका दलको समर्थन छ ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार १४:५४ 19 March, 2023 2:54 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।