विगो र जरिवाना समेत तिर्न नसक्ने भन्दै धुरु धुरु रोए पूर्व मन्त्री न्यौपाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

विगो र जरिवाना समेत तिर्न नसक्ने भन्दै धुरु धुरु रोए पूर्व मन्त्री न्यौपाने



काठमाडौं । पूर्व समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने, पत्रकार सम्मलेनमै धुरु धुरु रोएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भृकुटी मण्डपको जग्गा भाडामा दिने सम्बन्धमा विशेष अदालतले गरेको फैसालाप्रति असहमति राख्दै आफुले कुनै गल्ति नगरेको भन्दै धुरु धुरु रोएका हुन् । उनले भने ‘मेरो घर जग्गा हेरियोस्, बैंक व्यालेन्स हेरियोस्, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा हेरियोस् केही पाइएमा आफु सजाय भोग्न तयार छु तर म देशभक्त नागरिकमाथि किन यस्तो ?

पत्रकार सम्मेलनमा उनले अदालतको आदेश कानून, प्रमाण अनुरुप नभई अन्यायपूर्ण र विवेक हिन भएको आरोप लगाए ।पत्रकार सम्मेलनमा उनी आफुले विगो र जरिवाना समेत तिर्न नसक्ने भन्दै धुरु धुरु रोएका छन् ।

यसअघि विशेष अदालतले भृकृडीमण्डपको जग्गा भाडामा दिँदा भएको भ्रष्टाचारमा प्रमुख दोषी ठहरगर्दै पूर्व समाजकल्याणमन्त्री न्यौपानेलाई ९ वर्ष कैद सजाय तोकेको थियो।  कैदसंगै उनलाई २ करोड रुपैयाँ बिगो र ४३ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ। विशेष अदालतले फागुन  १६ गते उनलाई दोषी ठहर हुने फैसला सुनाएको थियो।

समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र टेक बहादुर  गुरुङसहितलाई मुद्दा दायर गरेको थियो।

विशेषले पाँच जनालाई सफाइ दिँदै नौ जनालाई दोषी ठहर गरेको थियो। न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएका थिए। न्यौपानेको नेतृत्वमा २० भदौ ०६९ मा बसेको समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले बिन ाप्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा सस्तो भाउमा भाडामा लगाएको थियो।

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलवार १४:३४