काठमाडौं । सोमबार सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको हो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ५५ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य १२ सय ४५ रुपैयाँ कायम रहेको थियो ।
Comment