काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले गनुपर्ने काम सुस्त गतिमा हिडेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारले गनुपर्ने काम सुस्त गतिमा हिडेकोले यसलाई छिटोछरितो बनाउनदै लाग्नुपर्ने बताएका हुन् ।
त्यस्तै उनले अहिले अर्थतन्त्रको स्थिती हनहनी ज्वरो आएको अवस्थामा रहेको पनि बताएका छन् । उनले भने, अहिले अर्थतन्त्रमा हनहनी ज्वरो आएको छ, यो दीर्घरोग हो, यो मौसम परिवर्तन भएर आएको होइन, ‘हामीले अब ज्वरो आयो भनेर सिटामोल खाएर मात्रै हुँदैन, दीर्घ रोगको उपचार नगरे हामी सकिन्छौं ।’
अहिले हरेक क्षेत्रमा ज्वरो आएको र अबको चिन्ता भनेको ज्वरो कसरी रोक्ने र उपचार कसरी गर्ने भन्ने नै रहेको उनको भनाइ छ । मन्त्री थापाले सरकारले लक्ष्यलाई आर्थिक सुशासन समुन्नतीको आँखाले हेर्नुपर्ने बताएका छन् । आर्थिक समृद्धिको आँखाले मात्रै नभएर आर्थिक सुशासन समुन्नतीको दृष्टिकोण लिएर सरकार अघि बढ्नुपर्ने उनको भनाई थियो । साथै, उनले २४-२५ वर्षपछि खुत्रुक्केमा पैसा घटेको उनले बताए । अहिले देशको अर्थतन्त्र कमजोर भयो भनेर जनतालाई डर देखाउनुभन्दा पनि प्रधानमन्त्रीले नै आफ्नो खुत्रुक्केमा पैसा कसरी घटिहरेको भन्नेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।
त्यसैगरी कार्यक्रममा अर्थविद डा. गोविन्द नेपालले बर्तमान आर्थिक अवस्था खलबलको स्थितीमा रहेको बताएका छन् । जनजीवन कष्टपूर्ण बनेको छ। उनले कोभिडदेखि उथलपुथल भएको अर्थतन्त्र अझै सुधार हुन नसकेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि अप्रिय निर्णयहरू पनि गर्नु पर्ने बताएका छन् । उनले अब आर्थिक क्षेत्र लगाएत अन्य क्षेत्र डिजिटलाइजेसनमा आधारित भएर अगाडी बढ्नुपर्ने पनि बताएका छन् । जुन नेपालमा पहुँच भएरपनि प्रयोगकर्ता कम भएको उनकाे भनाइ छ । मुलुक खर्च धान्न सक्ने हो कि होइन भन्ने अवस्थामा रहेकाे बताए। त्यस्तै कार्यक्रममा उनले भारतीय मुन्द्रालाई नेपालमा खर्च कसरी गर्ने र त्यसका लागि कस्तो पोलिसी लागु गर्नुपर्छ भन्ने कुरामा ध्यान नदिइएको बताए ।
Comment