काठमाडौं । आइतबार सुनको मुल्य तोलामा १७ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो ।
यता, आइतबार चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले बढेर १२ सय ४५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १२ सय २० रुपैयाँ कायम रहेको थियो ।
Comment