सुनको मुल्य बढ्याे,कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे,कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मुल्य आइतबार तोलामा ३०० सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । साथैं, तेजावी सुनको मुल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो ।

आइतबार चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य १२ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २१ फाल्गुन २०७९, आईतवार १२:००