दूधको मूल्य लिटरमा ९ रुपैयाँ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

दूधको मूल्य लिटरमा ९ रुपैयाँ बढ्यो



काठमाडौं। सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटरमा ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो ।

किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मन्त्रालयबाट आएको प्रस्ताव पछि सरकारले यस्तो निर्णय गरेको हो । अब किसानले बिक्री गर्ने दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ पुगेको छ । आजसम्म प्रतिलिटर ५६ थियो ।

काठमाण्डौका विभिन्न घरधूरीमा दूध लगेर बिक्री गर्नेहरुले प्रतिलिटरकै १०० सम्म लिने गरेका थिए । अब त्यस्तो मूल्य पनि बढेर १०९ रुपैयाँ पुगेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार २०:३४