सुनको मुल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । सुनको मुल्य शुक्रबार तोलामा १०० सय रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन बिहीबार छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो ।

यता, शुक्रबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य १२ सय ७० रुपैयाँ रहेको थियो ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार ११:२५