सुुनको मुल्य तोलामा ३०० रुपैंयाले बढ्यो, चाँदीको भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुुनको मुल्य तोलामा ३०० रुपैंयाले बढ्यो, चाँदीको भने स्थिर



काठमाडौं । सुनको मुल्य बिहीबार तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै,बिहीबार चाँदीको मुल्य भने स्थिर रहेको छ । बिहीबार चाँदीको मुल्य १२ सय ७० रुपैयाँ कायम छ ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार ११:५८