काठमाडौं । बुधबारदेखि राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता आगामी चैत ५ गतेसम्म कायम रहने जनाएको हो।
त्यस्तै,आचारसंहिताको पालना गर्न पनि निर्वाचनले सबै पक्षलाई आग्रह गरेको छ । राष्ट्रपतिको चुनाव फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।
Comment