काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रणाली सुधारका लागि सुझाव माग गरेको छ । विभागले एक सचूना प्रकाशित गर्दै आगामी बजेटमार्फत विभिन्न करमा सुधारका लागि सरोकारवालहरुसँग सुझाब माग गरेको हो ।
नीति विश्लेषण शााखाले आगामी आर्थिक वर्ष २०७८/७९ के आर्थिक ऐन तथा बजेट तर्जुमाको सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको क्षेत्रमा गर्नुपर्ने सुधारका लागि सुझाव माग गरेको छ ।
साथै विभागले समग्र कर प्रणाली सुधारका बिषयमा नीतिगत र कानूनी सुधारका साथै प्रक्रियागत सरलिकरण सम्बन्धीका सुझाब आगामी चैत्र १५ गतेभित्र पेश गर्न आग्रह गरेको छ ।
सुझावहरु काठमाण्डौको लाजिम्पाटस्थित विभागको नीति विश्लेषण शाखाको ४४११७८८ नम्बरमा फ्याक्स गरी वा policyird@ird.gov.np मा ई–मेल गरी दिन सकिनेछ।

Comment