काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यता, मंगलबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम छ ।
Comment