काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्।उनीहरुले सोमबार दिँउसो बालुवाटारमा प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन्।
पार्टीले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट मन्त्री बनेकाहरुले राजीनामा बुझाएका हुन्। एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला कुमारी साह र भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई, स्वास्थ्य मन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राजीनामा बुझाएका छन्।
Comment