सुनको मुल्यमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं । सुनको मुल्य सोमबार तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य १२ सय ६० रुपैयाँ रहेको थियो ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार ११:१९